ओलाङचुङगोला भन्सार कार्यालय सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको फक्ताङलुङ गाँउपालिका वडा नं. 7, ओलाङचुङगोला गाँउमा समुन्द्र सतहबाट करिब 3२00 मिटरको उचाईमा अवस्थित रहेको छ।यस भन्सार कार्यालय नेपालको करिव 5100 मिटरमा अवस्थित टिपतला नाकाबाट छिमेकी देश चीनको तिब्बतको नाका रिउ बजार एक आपसमा कच्ची सडकले जोडिएका छन। यस कार्यालयमा एकजना नायब सुब्बा तथा दुईजना कार्यालय सहयोगीको दरबन्दी कायम रहेको छ।